नियम ७७
अनिवार्य अवकाश
(१) नेपाली सेनाको सैनिक साधारण सेवामा कार्यरत अधिकृत बाहेक अन्य सैनिक व्यक्तिको देहाय बमोजिम उमेर पुगेपछि निजलाई सेवाबाट अवकाश दिइनेछः–
(क) प्रमुख सुवेदार पचास वर्ष
(ख) सुवेदार उनन्पचास वर्ष
(ग) जमदार अठ्चालीस वर्ष
(घ) हुद्दा सत्चालीस वर्ष
(ङ) अमल्दार सत्चालीस वर्ष
(च) प्यूठ छ्यालीस वर्ष
(छ) सिपाही छ्यालीस वर्ष
(ज) फलोअर्स पचपन्न वर्ष
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै करा लेखिएको भए तापनि प्रमुख सुवेदार सो पदमा बढुवा भएको मितिले तीन वर्षसम्म र गुल्मको ज्येष्ठ सुवेदारको हकमा निजले ज्येष्ठ सुवेदारको नियुक्ति सम्हालेको मितिबाट तीन वर्षसम्म बहाल रहनेछ । यो उपनियम प्रारम्भ हुँदाको बखत कार्यरत प्रमुख सुवेदार र गुल्मको ज्येष्ठ सुबेदारको हकमा यो व्यवस्था यो उपनियम प्रारम्भ भएको मितिले दुई बर्ष पछि मात्र लागू हुनेछ ।
तर निवृत्तभरणको अबधि नपुगेको खण्डमा निबृत्तभरण अबधि नपुगेसम्मको लागि सौही- नियुक्तिमा बहाल रहन सक्नेछ ।
(३) यस नियमको प्रयोजनका लागि सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइनेछ ।
(४) वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा देहाय बमोजिम कायम गरिनेछ ः–
(क) नेपाली नागरिकताको प्रमाणपत्रको हकमा त्यस्तो प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा,
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मितिको आधारमा,
(ग) वैयक्तिक विवरणको हकमा शुरु भर्ना भएको मितिको आधारमा ।
(५) कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्म मितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नु पर्नेछ । तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्ष मात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपनियम (४) बमोजिम जन्म
मिति कायम गरिनेछ ।